गृह जिल्लामै झण्डै कुटिए पूर्वआपूर्ति मन्त्री, प्रहरीले गर्‍यो उद्धार (भिडियोसहित)

गृह जिल्लामै झण्डै कुटिए पूर्वआपूर्ति मन्त्री, प्रहरीले गर्‍यो उद्धार (भिडियोसहित)

काठमाडौं। पूर्वमन्त्री दामोदर भण्डारीमाथि बैतडीमा हातपात प्रयास भएको छ। नेकपा एमाले पञ्चेश्वर गाउँपालिका कमिटीको बैठकमा सहभागी हुन बिहीबार पञ्चेश्वरतर्फ गइरहेका बेला उनीमाथि हातपात प्रयास भएको हो।

स्थानीयले उनलाई चुनाव जितेपछि सो क्षेत्रमा नआएको र अब पनि चुनाव घोषणा भएकै कारण देखिएको भन्दै पञ्चेश्वर गाउँपालिका वडा नम्बर–३ स्थित ‘मड’ भन्ने ठाउँमा हातपात प्रयास गरेका हुन्।

उक्त ठाउँ शिवनाथ गाउँपालिकाको सीमाना नजिकै पर्छ। स्थानीयले चर्को विरोध गर्दै हातपातकै प्रयास भएपछि सुल्लेखान प्रहरी चौकी, कुलाउँ प्रहरी चौकीबाट प्रहरी खटिएर भण्डारीको उद्धार गरिएको एक स्थानीयले बताएका छन्। संयोग पनि बिहीबार नै भण्डारीको जन्मदिन परेको थियो।

भण्डारी यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बैतडीबाट जितेका उनी नेकपा एमालेमा केपी शर्मा ओली निकट मानिन्छन्।

ओली निकट भएकै कारण उनी यसअघि अर्थ राज्यमन्त्री समेत भएका थिए। अर्थराज्यमन्त्री हुँदा भक्तपुरमा घरघडेरी जोडेको आरोप उनीमाथि छ।

त्यस्तै यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रहेका बेला उनले अटोमोबाइल व्यवसायमा समेत हात हालेको बताइन्छ।

सांसद निर्वाचित भएपछि स्थानीयले उपयुक्त सडक प्रयोग गर्न नपाएको, स्थानीयस्तरमा उपयुक्त उपचार अभाव रहेको तर बैतडीको प्रतिनिधित्व गरेका भण्डारीले सुधारका पहल नगरेको आरोप स्थानीयले लगाएका छन्। सोही पीडा स्थानीयले बिहीबार पोखेका हुन्।

त्यसो त भण्डारीले मन्त्री भएकै बेलासमेत थुप्रै गैरकानुनी काम अघि सारेका थिए।

आपूर्ति मन्त्री भण्डारीको दबाबमा आवश्यक नै नभएको पञ्चकन्या ग्रूपको जग्गा किन्दै आयल निगम आपूर्ति मन्त्री भण्डारीको दबाबमा आवश्यक नै नभएको पञ्चकन्या ग्रूपको जग्गा किन्दै आयल निगम

आपूर्ति मन्त्रालयमातहतका संस्थानका कर्मचारीहरु भण्डारीलाई आपूर्ति मन्त्रालयको इतिहासमै सबैभन्दा ‘स्वार्थी’ मन्त्रीका रुपमा चिन्छन्।

हुन पनि मन्त्री भण्डारीले आफूअनुकुल सचिव मन्त्रालयमा ल्याएर आफ्नो स्वार्थका लागि संस्थानका छैटौं, सातौं तहसम्मका कर्मचारीलाई फोन गरेर अनावश्यक दबाब दिने गरेका थिए।

प्रकाशित मिति : शुक्रबार, कार्तिक २१ २०८२

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार